नेपाली बजारमा नयाँ Quick Commerce सेवा : My Mart - Delivered In Minutes सार्वजनिक सञ्चालनको अन्तिम तयारीमा

 काठमाडौं— नेपाली बजारमा शीघ्र वस्तु डेलिभरी (Quick Commerce) क्षेत्रमा अर्को ठूलो नाम थपिन लागेको छ। My Mart Industries Pvt. Ltd. ले महिनौँदेखि तयारी गर्दै आएको “Delivered in Minutes” सेवा अब चाँडै नै सार्वजनिकरूपमा सञ्चालनमा आउन लागेको कम्पनी स्रोतले जनाएको छ।

कम्पनीका अनुसार, सेवा सुरू गर्नु अघि आवश्यक सबै आन्तरिक परीक्षण, प्रणाली चेक, एप अप्टिमाइजेसन, डेलिभरी मोडल परीक्षण लगायतका प्रक्रियाहरू अन्तिम चरणमा पुगेका छन्। “हाम्रो प्राविधिक तथा अपरेशन टिमले निरन्तर परीक्षण गरिरहेको छ, र पहिलो चरणको आन्तरिक परिक्षण सफलतापूर्वक पूरा भइसकेको छ,” My Mart ले जनाएको छ।

यस सेवामार्फत उपभोक्ताले मिनेटमै घरमै किराना सामान प्राप्त गर्ने सुविधा पाउनेछन्। Blinkit, Zepto जस्ता अन्तर्राष्ट्रिय मोडेललाई अध्ययन गरी नेपालमै स्थानीय आवश्यकताअनुसार अनुकूलित Quick Commerce प्रणाली तयार गरिएको कम्पनीको दाबी छ।

My Mart ले हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा डार्क स्टोर विस्तार गर्दै आएको छ, जसका कारण तेज र विश्वसनीय डेलिभरी समय सुनिश्चित हुने अपेक्षा गरिएको छ। कम्पनीले यसअघि नै हजारौँ किराना स्टोरलाई आपूर्ति गर्दै आएको अनुभवलाई आधार मानेर Quick Commerce सेवालाई थप सुदृढ बनाउने जनाएको छ।

कम्पनीका एक अधिकृतले भने,
“हामी तयार छौँ। आन्तरिक परीक्षणले सकारात्मक नतिजा देखाएको छ। अब चाँडै नै उपभोक्तालाई                     My Mart - Delivered in Minutes सेवा उपलब्ध हुनेछ।”

सार्वजनिक लन्च मिति कम्पनीले चाँडै नै औपचारिक रुपमा घोषणा गर्नेछ।

Post a Comment

0 Comments